
काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ ।
आज नेप्से ६.११ अंकले बढेर २५७६.२९ को विन्दुमा पुगेर बन्द भएको छ । यो सोमबारको तुलनामा ०.२३ प्रतिशतको वृद्धि हो ।
परिसूचकसँगै आज कारोबार रकममा पनि उत्साह देखिएको छ । दिनभरिमा ३८३ वटा सूचिकृत धितोपत्रको १ करोड ८२ लाख ९३ हजार ५९६ कित्ता सेयर ५३ हजार ८५४ पटक खरिद–बिक्री हुँदा कुल ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार ४२५ रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको बजारमा कुल १६४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०१ कम्पनीको मूल्य घटेको छ । १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
मंगलबार नेप्सेमा कारोबार भएको धितोपत्रमध्ये ‘कुमारी बैंक डिबेन्चर २०८७’ को इकाइ मूल्य सबैभन्दा धेरै १०.२२ प्रतिशतले बढेको छ । त्यस्तै ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ को इकाइमूल्य ९.८२ प्रतिशत र उपकार लघुवित्तको सेयरमूल्य ९.१९ प्रतिशतले बढेका छन् । ‘प्रभु बैंक डिबेन्चर २०८६’ र कुमारी बैंक डिबेन्चरको मूल्य पनि करिब ९ प्रतिशतले वृद्धि भएको छ ।
यता स्वरोजगार लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ८.१० प्रतिशतले गुमाएका छन् । त्यसैगरी ‘सिद्धार्थ बैंक डिबेन्चर २०९०’ ७.०३ प्रतिशत र स्वावलम्बन लघुवित्तको सेयरमूल्य ४.४७ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज ‘कुमारी बैंक डिबेन्चर २०९०’ शीर्ष स्थानमा रह्यो । जसको ५२ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यस्तै ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक डिबेन्चर २०९०’ को ३९ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ ।
नेप्सेको उपसमुहहरुको सुचक उत्पवादनमुलक बाहेक सबै बढेका छन् । उत्पादनमुलक सुचक ०.१८ प्रतिशतले घटेको छ । व्यापार उपसमुहको सूचक सर्वाधिक १.४७ प्रतिशतले गिरावट भएको छ । यस्तै म्युचुअल फण्ड समुहको सूचक ०.६१ प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसमुहको सुचक ०.०९ प्रतिशतले बढेको छ ।
मंगलबारको कारोबार पछि नेपालको कुल बजार पूँजीकरण ४४ खर्ब २६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ भने फ्लोट मार्केट क्यापिटलाइजेशन १४ खर्ब ९४ अर्ब ३४ करोड रुपैयाँ रहेको छ।








प्रतिक्रिया