
काठमाडौं । नेपालका लागि चिनियाँ विद्युतीय गाडी स्काईवेलको आधिकारीक वितरक परिवर्तन भएको छ ।
यसअघि जी मोटर्सले स्काईवेल गाडी बिक्री गर्दै आएको भएपनि अबबाट भने एलआरआर मोटर्सले बिक्री गर्ने भएको हो ।
नेपालमा जी मोटर्सले राम्रो बिक्री वितरण गर्न नसकेपछि स्काईवेलको उत्पादक ‘जियान्सु स्काईवेल अटोमोबाइल कम्पनी लिमिटेड’ले सो सँगको आधिकारिक बिक्रेता सम्झौता खारेज गरी नयाँ आधिकारिक डिलरको रुपमा एलआरआर मोटर्सलाई ल्याएको हो ।
‘जी मोटर्सले गाडी बेच्न नसकेको र आफ्टर सेल्स सर्भिस पनि गतिलो नदिएको भन्दै उत्पादकले सोबाट डिलरसिप खोसेको हो,’ स्रोतले भन्यो ।
यो सँगै अब जी मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले बिक्री गर्दै आएको स्काईवेल गाडी अब एलआरआर मोटर्सका प्रबन्ध निर्देशक जीवनजंग शाहीको काँधमा पुगेको छ ।
हाल नेपाली बजारमा बीई११ का दुई भेरिएन्ट र ईटी ५ गरी स्काईवेलका दुई मोडल विभिन्न तीन भेरियन्टमा बिक्री हुँदै आएको छ ।






प्रतिक्रिया