राहदानी विभाग अघि शरीरमा पेट्रोल खन्याएर एक जनाले गरे आत्मदाह प्रयास

805
Shares

काठमाडौं । राहदानी विभागको कार्यालय अगाडि एक व्यक्तिले आत्मदाह प्रयास गरेका छन् ।

त्रिपुरेश्वरस्थित विभागको कार्यलयअघि एक पुरुषले आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।

आत्मदाह प्रयास गरेका व्यक्तिको उद्धार गरी अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ ।

उनको परिचय खुलेको छैन भने आत्मदाह प्रयास गर्नुको कारण पनि नखुलेको प्रहरीले जनाएको छ ।