
काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलाई काठमाडौं ल्याइएको छ ।
सोमबार सुर्खेतबाट पक्राउ परेका पौडेललाई मंगलबार दिउँसो काठमाडौं ल्याइएको हो । नियन्त्रणमा लिनुअघि पौडेलको ललितपुरस्थित निवासमा विभागको टोलीले छापा मारेको थियो ।
पौडेललाई केहीबेर अघि प्रहरीले सम्पत्ति शुद्धीकरण विभाग पुर्याएको छ ।
उनलाई आजै म्याद थपका लागि अदालत लाने तयारी छ । सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानका क्रममा पौडेललाई पक्राउ गरिएको विभागले जनाएको छ ।
पार्टी कार्यक्रममा सहभागी हुन सुर्खेतमा रहेको बेला हिजो अपराह्न पौडेललाई प्रहरीले पक्राउ गरेको थियो भने राति नै स्थलमार्ग हुँदै उनलाई काठमाडौं ल्याएको हो ।














प्रतिक्रिया