रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङमाथि आक्रमणको वास्तविकता के हो ?

5.9k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को चितवनस्थित महाधिवेशनस्थलमा गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको समाचारहरू सार्वजनिक भएका छन् ।

रास्वपा नेतासमेत रहेका गुरुङमाथि अज्ञात समूहले सोमबार राति धारिलो हतियार प्रयोग गरि घाइते बनाएको र हाल उनको अस्पतालमा उपचार भइरहेको भन्दै सामाजिक सञ्जालमा विवरणहरू भाइरल भइरहेका छन् ।

तर, गृहमन्त्रीको सचिवालयले भने ति समाचारहरूमा सत्यता नभएको जनाएको छ ।

‘गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको भन्ने समाचार भ्रामक र कपोलकल्पित हुन् । यस्ता समाचारको विश्वास नगर्नुहुन सम्पूर्ण सञ्चार माध्यमहरूप्रति अनुरोध गर्दछौं,’ गुरुङको सचिवालयले भनेको छ ।

प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री गुरुङसहित अधिकांश मन्त्री यतिबेला चितवनमा रहेका छन् ।

आइतबार उद्घाटन भएको रास्वपाको महाधिवेशनमा प्रतिनिधि चयनका विषयमा विवाद भएपछि बन्दसत्र अझै सुरु हुन सकेको छैन ।

Skip This