
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपर स्टोर भोलि असार १० गते बुधबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । भाट–भटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृतपानू पौडेलका अनुसार भोलिदेखि स्टोरले दैनिक रूपमा नियमित सेवा प्रदान गर्नेछ । ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धताका साथ स्टोर सञ्चालनको तयारी पूरा भएको उनले जानकारी दिए ।
जेनजी आन्दोलनका क्रममा ११ वटा स्टोर जलेर पूर्णरूपले नष्ट भएका थिए । साथै बालुवाटास्थित वेयरहाउस पनि आगजनी भएको थियो ।
तीमध्ये वेयरहाउस र अरू ४ वटा स्टोर सञ्चालनमा आइसकेका छन् । बौद्धस्थित स्टोर पुनः सञ्चालनमा आउन लागेको पाचौं स्टोर हो । यसअघि कोटेश्वर, पोखरा, चितवन र महाराजगञ्जमा रहेका स्टोर पुनः सञ्चालनमा आइसकेका छन् ।
भाटभटेनीले लामो समयदेखि ग्राहकवर्ग, शुभेच्छुक तथा सरोकारवालाहरूबाट प्राप्त निरन्तर साथ, सहयोग र विश्वासप्रति हार्दिक आभार व्यक्त गरेको छ । ‘हामी हाम्रा आदरणीय ग्राहकहरूलाई पुनः गुणस्तरीय सेवा दिन पाउँदा अत्यन्तै खुसी छौं र आगामी दिनमा पनि यहाँहरूको साथ रहने अपेक्षा गर्दछौं,” प्रमुख सञ्चालन अधिकृत पौडेलले भने ।








प्रतिक्रिया