विराटनगर उडेको बुध्दको प्लेनमा समस्या, बीचबाटै फर्काएर अर्को विमानमा यात्रु पठाइयो


काठमाडौं । विराटनगर उडेको बुध्द एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि बीच बाटोबाटै पुन काठमाडौं फर्किएको छ ।

दिउसो १ बजे विराटनगर उडेको उक्त जहाजलाई काठमाडौं फर्काएर प्राविधिक परीक्षण गरिरहेको बुध्दले जनाएको छ । जहाजमा रहेका यात्रुलाई भने अर्कोबाट जहाजबाट विराटनगर पठाइएको बुध्द एयरलाइन्सले जानकारी दिएको छ ।

जहाज उडानको क्रममा प्राविधिक समस्या देखिएपछि सुरक्षा सतर्कता अपनाउँदै जहाजलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको उल्लेख छ ।