बजेट पत्यारिलो नीतिगत उपकरण बन्ने अर्थमन्त्री वाग्लेको अपेक्षा

49
Shares

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण (बजेट) पेस गर्न सुरू गरेका छन् ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते नै सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान अनुसार नै अर्थमन्त्री डा वाग्लेले बजेट पेस गर्न सुरू गरेका हुन् ।

बजेट प्रस्तुत गर्दै उनले स्वदेश र विदेशमा रहेकाहरुले उत्पादनमुखी अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिष्ठाबारे राख्न गरेको पत्यारिलो नीतिगत उपकरण बन्ने अपेक्षा व्यक्त गरे ।
उनले बजेट पत्यारिलो उपकरण बन्ने विश्वास व्यक्त गरे ।