
काठमाडौं । आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/२०८४ को बजेट सार्वजनिक गर्दैछन् ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले ल्याउन लागेको बजेटलाई सुन्न प्रधानमन्त्री स्वयम् चाहीँ संसद जान्छन् कि जाँदैनन् ? चासोको विषय बनेको छ ।
प्रधानमन्त्री शाह बिहान नेपाली सेनाले गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजना गरेको समारोहमा भने सहभागी भएका थिए ।
यसअघि सरकारकै सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम संसदबाट सार्वजनिक गर्दै गर्दा गत वैशाख २८ मा बीचमै प्रधानमन्त्री बालेन बाहिरिएका थिए । बालेन त्यसपछी नीति तथा कार्यक्रम टेबल गर्ने बेलामा भने संसद भवन पुगेका थिए । त्यसपछि उनी संसद भवन पुगेका छैनन् ।
संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत अन्य विपक्षी दलहरूले संसदमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने भन्दै संसद बैठक अवरोध गर्दै आएपनि उनी सहभागी भएका थिएनन् ।
प्रधानमन्त्रीको सचिवलायले बालेन बैठकमा उपस्थित हुन्छन् वा हुँदैनन् भन्नेबारे एकीन नभएको जानकारी दिएको छ ।





प्रतिक्रिया