एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे १४० मतले अगाडि

546
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट उपाध्यक्षमा प्रबलजंगा पाण्डेले अग्रता लिएका छन् । १००० मत गन्दा पाण्डेले ५६७ मत पाएका छन् । ज्योत्स्ना श्रेष्ठले ४२७ मत ल्याएकी छन् ।

पाण्डे १४० मतको अग्रता कायम गरेका हुन् । एसोसियट उपाध्यक्षमा ८३४ मत गन्न बाँकी छ ।

यता एसोसिएटतर्फ नै महिला सदस्यमा अभिज्ञा मल्ल र जुना माथेमाले अग्रता लिएका छन्। माथेमा ५८८ मतका साथ पहिलो स्थानमा हुँदा मल्लले ५७२ मत पाएकी छन् ।

शोभा ज्ञवालीले ४२२ र जमुना पौडेलले ४०० मत प्राप्त गरेका छन् । हिजो सम्पन्न निर्वाचनको अन्य सबै विधाको मत गणना सम्पन्न भइसकेको छ ।