
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा अन्तर्गत एसोसियट सदस्यतर्फको मतगणना जारी छ । निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार, ३५० मत गणना हुँदा अम्बिका प्रसाद पौडेल सबैभन्दा बढी मतका साथ अग्रस्थानमा छन् । एसोसियटतर्फ १७ जना सदस्य चयन हुनेछन् ।
हालसम्म अम्बिका प्रसाद पौडेलले २५४ मतका साथ अग्रता बनाउँदा उज्ज्वल कुमार श्रेष्ठले २३५, हेमन्त गोल्छाले २३५ र सचिन ढकालले २२५ मत ल्याएका छन् । यसैगरी, रामशरण भण्डारीले २१५, राजेश कुमार अग्रवालले २१३, सुयस प्याकुरेलले २१२, शक्ति कुमार बेगानीले १९४, भरत रानाभाटले १९३, ऋषि अग्रवालले १८८, सुशील थापाले १८७, बटु लामिछानेले १८३, दिवश न्यौपानेले १८२, डा. रामशरण थपलियाले १८१, रामराजा श्रेष्ठले १७०, देशबन्धु बस्नेत (अजित)ले १६९ र बाबुकाजी कार्कीले १६६ मत पाएका छन् ।
त्यसिछि १८ औंदेखि अन्त्यसम्म क्रमशः बलराम सापकोटा, गोपाल खनाल, राजकुमार तिमिल्सिना, इश्वर बहादुर जि.सी., कृष्ण लाल महर्जन, प्रियराज रेग्मी, अविनाश बोहरा, सुरज उप्रेती, सन्दिप अग्रवाल, शैलेन्द्र गुरागाई, सुनिल नारायण श्रेष्ठ, डोल प्रसाद अधिकारी, जश श्रेष्ठ, चन्द्र प्रसाद ढकाल, अम्बिका शर्मा लामिछाने र ई. विनोद ढकाल रहेका छन् ।
एसोसियटतर्फ १७ कार्यकारिणी सदस्यका लागि प्रतिस्पर्धा भइरहेको छ।
एसोसियटतर्फ कुल मतदाताको संख्या करिब १८०० भन्दा बढी रहेकोमा हालसम्म ३५० मत मात्र गणना भएको छ । अझै १५०० भन्दा बढी मत गणना गर्न बाँकी छ ।
कसको कति मत ?
१. अम्बिका प्रसाद पौडेल: २५४ मत
२. उज्ज्वल कुमार श्रेष्ठ: २३५ मत
३. हेमन्त गोल्छा: २३५ मत
४. सचिन ढकाल: २२५ मत
५. रामशरण भण्डारी: २१५ मत
६. राजेश कुमार अग्रवाल: २१३ मत
७. सुयस प्याकुरेल: २१२ मत
८. शक्ति कुमार बेगानी: १९४ मत
९. भरत रानाभाट: १९३ मत
१०. ऋषि अग्रवाल: १८८ मत
११. सुशील थापा: १८७ मत
१२. बटु लामिछाने: १८३ मत
१३. दिवश न्यौपाने: १८२ मत
१४. डा. रामशरण थपलिया: १८१ मत
१५. रामराजा श्रेष्ठ: १७० मत
१६. ई. देशबन्धु बस्नेत (अजित): १६९ मत
१७. बाबुकाजी कार्की: १६६ मत
१८. बलराम सापकोटा: १६६ मत
१९. गोपाल खनाल: १६५ मत
२०. राजकुमार तिमिल्सिना: १६३ मत
२१. इश्वर बहादुर जि.सी.: १५९ मत
२२. कृष्ण लाल महर्जन: १५७ मत
२३. प्रियराज रेग्मी: १५७ मत
२४. अविनाश बोहरा: १५५ मत
२५. सुरज उप्रेती: १५१ मत
२६. सन्दिप अग्रवाल: १५० मत
२७. शैलेन्द्र गुरागाई: १३९ मत
२८. सुनिल नारायण श्रेष्ठ: १३९ मत
२९. डोल प्रसाद अधिकारी: १३० मत
३०. जश श्रेष्ठ: १२९ मत
३१. चन्द्र प्रसाद ढकाल: ११४ मत
३२. अम्बिका शर्मा लामिछाने: ११२ मत
३३. ई. विनोद ढकाल: १०६ मत
यसअघि महासंघको जिल्ला नगर उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ तथा वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भइसकेका छन् ।
जिल्ला नगरतर्फ शर्माले ८७ र श्रेष्ठले ८० मत ल्याएका थिए भने वस्तुगतका श्रेष्ठले ६३ मत लाए ।
जिल्लानगरतर्फका उपाध्यक्ष उम्मेदवारहरू उमेश डालमिया र कल्पना गैह्रै पराजित भए । यसैगरी वस्तुगत उपाध्यक्षमा शिव घिमिरेले ६० मत ल्याएर पराजित भए ।
वस्तुगत सदस्यतर्फ अरनिको राजभण्डारी,नानिराज घिमिरे, पशुपति देव पाण्डे, विदुर धमला, भक्त बहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होम प्रसाद घिमिरे विजयी भए । सुरज बन्जाडे, विप्लप अधिकारी, रघुनन्दन मारु र निराज चलाउनेको भने मत बराबरी (५०-५० मत) आयो ।
वस्तुगत समूहका २ महिला सदस्यहरुमध्ये सुनिता न्हेम्हाफुकीले कमला श्रेष्ठलाई हराइन् ।
जिल्ला नगर खुल्लातर्फको सदस्यमा अर्जुन कुमार श्रेष्ठ, उज्ज्वल प्रसाद कसजु, केशव प्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छ्त्रधर आत्रेय, तारा बहादुर कार्की, दिपक नेपाल, प्रयास कार्की, मोहन प्रसाद श्रेष्ठ, लक्ष्मण राज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरि प्रसाद अर्याल विजयी भए ।
जिल्ला नगरबाट सदस्यतर्फ गीता अमात्य र हीरा भट्टराई विजयी भए ।
यसैगरी द्विराष्ट्रिय सदस्यमा मनोज पौडेल ५ मत पाएर विजयी भएका छन् ।
वस्तुगत महासंघतर्फ सुनयना घिमिरे र विश्वनाथ खनाल विजयी भए ।









प्रतिक्रिया