
काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टको हकमा दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमा सरकारका नाममा ‘कारण देखाउ’ आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले आइतबार उक्त आदेश जारी गर्दै भट्टलाई थुनामा राख्नुको कारणसहित अदालतमा उपस्थित गराउन निर्देशन दिएको हो।
भट्टलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी आयुष्मा नेपालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले उनलाई थुनामा राख्नुको कारण माग गरेको छ ।
अदालतले विपक्षीहरूका नाममा आदेश जारी गर्दै भट्टलाई के-कति कारणले थुनामा राखिएको हो, सोको आधार र कारणसहित लिखित जवाफ पेश गर्न र बन्दीलाई नै अदालतमा उपस्थित गराउन भनेको छ ।
भट्ट भृकुटी स्टक ब्रोकरबाट उधारोमा सेयर किनेको आरोपमा पक्राउ परेका थिए । उनले सेयर किनेको रकम विभिन्न पब्लिक कम्पनीको रकम प्रयोग भएको आशंका गरिएको छ ।










प्रतिक्रिया