
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको निवास तथा कार्यालयहरूमा छापा मारेको छ ।
विभागको टोलीले आज काठमाडौं र हेटौंडामा रहेको उनको कार्यालय बानियाँ निर्माण सेवामा छापा मारेको हो ।
काठमाडौंको नक्साल र सुन्धारास्थित बानियाँका कार्यालयहरूका साथै हेटौंडास्थित उनको निजी निवास र कार्यालयमा विभागले खानतलासी गरेको छ ।
बानियाँ नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा संसदीय दलका नेता समेत हुन् ।
बानियाँको निर्माण व्यवसायसहित विभिन्न क्षेत्रमा लगानी रहेको छ ।









प्रतिक्रिया