
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम शुक्रबार उक्त अध्यादेश जारी गरेका हुन् ।
यो राष्ट्रपतिले जारी गरेको तेस्रो अध्यादेश हो । यसअघि राष्ट्रपतिले सहकारी (पहिलो संशोधन) अध्यादेश र सार्वजनिक खरिद अध्यादेश जारी गरिसकेका छन्।
सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी रोक्न विद्यमान कानुनलाई परिमार्जन गर्ने उद्देश्यले सरकारले यो अध्यादेश ल्याएको हो ।









प्रतिक्रिया