
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योग व्यवसायको नाममा आपराधिक गतिविधि गर्ने जो कोहीलाई पनि नछाड्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बजेटपूर्व आयोजना गरेको एक छलफल कार्यक्रममा भिडियो कन्फरेन्स मार्फत वाग्लेले उद्योगी व्यवसायीका नाममा गम्भीर खालको गल्ती नगर्न पनि आग्रह गरेका छन् ।
उनले भने, ‘गल्ती नभएका र विगतमा कुनै अनुसन्धान नभएका उद्योगी व्यवसायी डराउनुपर्दैन ।’ उनले थपे, ‘जसले आपराधिक काम गर्ने, उद्योगी व्यवसायीको नाममा आपराधिक काम गर्नेहरूलाई केही गर्न सकिँदैन । साथीहरूलाई बचाउने नाममा अपराधीहरूलाई जोगाउन कसैलाई पनि नआउनुहोला।’
उद्योग, व्यवसायको नाममा गलत काम गर्ने छुट कसैलाई पनि नभएको उनको भनाइ छ । मन्त्री वाग्लेले निजी क्षेत्रको नाममा गलत काम गर्ने जो कोहीलाई पनि कानुनअनुसार कारबाही हुने बताए ।









प्रतिक्रिया