
काठमाडौं । कर्मा हस्पिटालिटी प्रालिले ४ अर्ब रुपैयाँ लगानीमा पाँच तारे होटल बनाउने भएको छ । कम्पनीले ४ अर्ब २ करोड रुपैयाँ लगानीमा होटल बनाउने भएको हो ।
कम्पनीले होटल निर्माणका लागि कर्जा र इक्विटीमार्फत् लगानी गर्ने भएको छ । कम्पनीले ७३ः२७ लगानीको अनुपात राखेको छ । कन्सोर्टियम फाइनान्सिङमार्फत् ऋण व्यवस्थापन भएको छ । तर ऋण निकासी सुरु गर्न आवश्यक ६६.३३ इक्विटी लगानीको आवश्यकता स्वयमं जोखिमको रुपमा रहेको छ ।
सन् २०२४ मा स्थापना भएको कम्पनीले १ सय ७० वटा कोठाको सुविधा हुनेछ । कम्पनीले मेरियट ग्रुपअन्तर्गत ‘ले मेरिडियन’ ब्रान्डमा सञ्चालन गर्ने जनाएको छ । होटल व्यवस्थापनका लागि लक्जरी होटल व्यवस्थापनसँग सम्झौता गरेको कम्पनीले गत जनवरीसम्ममा कम्पनीको ५५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । जुन सम्पूर्ण इक्विटीको ५० प्रतिशत हो ।
कम्पनीको हालसम्ममा ३२ प्रतिशत वित्तीय प्रगति भएको छ । कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट ७ किलोमिटरको दुरीमा रहेको मराजगञ्जमा होटल निर्माणका लागि जग्गाको कार्य भइरहेको जनाएको छ ।
कर्मा तेन्जिङको पूर्ण स्वामित्व रहेको कम्पनीले होटल निर्माणका लागि दीर्घकालीन तथा अल्पकालीन ३ अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब ९२ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ८ करोड रुपैयाँको रेटिङ गराएको हो । तेन्जिङले महाराजगञ्जमा १ सय ६२ युनिट कर्मा रेसिडेन्सिस पनि बनाइरहेका छन् ।





प्रतिक्रिया