
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा ३ हजार रुपैयाँले गिरावट आएको छ ।
बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार पनि सुनको मूल्य ३ हजार रुपैयाँले घटेको थियो । सोमबार ३ लाख ५ सय रुपैयाँ पुगेको सुनको मूल्य मंगलबार घटेर २ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको मूल्य पनि घटेको छ ।
मंगलबार प्रतितोला ४ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार भने ४ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।





प्रतिक्रिया