म्याटको धुलो सडकमा झार्दा दरबारमार्गका एक पसलेले तिरे २५ हजार जरिवाना


काठमाडौं । एक पसलेले म्याटको धुलो टकटक्याउँद २५ हजार रुपैयाँ जरिवाना तिर्नु परेको छ ।

काठमाडौं महानगरपालिका वडा नं. १ दरबारमार्गस्थित एक पसलले म्याटको धुलो ग्रेनाइट बिछ्याइएको पेटीमा झारेको भन्दै महानगरपालिकाले २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

मंगलबार दिउँसो उक्त पसलबाट म्याटको धुलो झारिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि महानगरले कारबाही प्रक्रिया अघि बढाएको थियो ।

महानगरको नगर प्रहरी बलले ग्रेनाइट बिछ्याइएको सडकमा धुलो झार्ने कार्य गरेको पाइएपछि पसलधनी पंकज कुमारलाई २५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको जनाएको छ ।

Skip This