
काठमाडौं । सरकारी कर्मचारीको तलब सुरु स्केलमा १० प्रतिशत र कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता १० प्रतिशतसहित गरेर कुल २१ प्रतिशतले बढेको छ ।
पछिल्लो चार वर्षदेखि कर्मचारीको तलब वृद्धि नभएको, यस अवधिमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मूल्य वृद्धि १७.३ प्रतिशत भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपरेको अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदमा प्रस्तुत गरेको आगामी आव २०८३/८४ को बजेट भाषणमा उल्लेख गरेका छन् । उनले कर्मचारीले हाल प्राप्त गरिरहेको महङ्गी भत्तालाई निरन्तरता दिँदै सुरू स्केलमा १० प्रतिशत तलब वृद्धि गरेका छन् ।
कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरूवात गर्न नयाँ तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको पनि बताएका छन् ।
यसबाट हाल खाईपाई आएको पारिश्रमिकमा करिब २१ प्रतिशत खुद वृद्धि भई ग्रेड सहित न्यूनतम पारिश्रमिक करिब ४० हजार देखि १ लाख रुपैयाँ माथि कायम भएको छ । नयाँ तलब स्केल आगामी २०८३ को साउन १ गतेदेखि लागू हुनेछ।
अब कसले कति पाउँछन् तलब ?






प्रतिक्रिया