सभामुख डीपी अर्यालको गाडीले नियम उल्लंघन गरेपछि ट्राफिकले काट्यो चिट


फाइल तस्बिर

काठमाडौं । सभामुख डीपी अर्याल सवार गाडीले ट्राफिक नियम उल्लंघन गरेपछि ट्राफिक प्रहरीले चिट काटेको छ ।

थापाथली क्षेत्रमा लेन मिच्दै अघि बढेको सभामुखको गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो । उक्त गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा सवारी साधनलाई समेत चिट काटिएको प्रहरीले जनाएको छ ।

ट्राफिक नियम उल्लंघन गर्दै सिंहदरबार प्रवेश गरेको गाडीलाई ट्राफिक प्रहरी सिंहदरबारमै पुगेर कारबाही गरेको हो ।

उक्त सवारी लेन क्रस गर्ने क्रममा कारबाहीमा परेको हो । गाडीमा सभामुख स्वयं सवार थिए वा थिएनन् भन्ने विषयमा भने प्रहरीले कुनै जानकारी दिएको छैन ।

नियम उल्लंघन गर्ने जोकोहीको सवारीसाधनलाई कारबाही गरिने ट्राफिक प्रहरीको भनाइ छ ।

Skip This