कोकाकोलाको फिफा वर्ल्ड कप २०२६ अभियान सुरु, प्रदीप खड्का ब्रान्ड एम्बासडर

56
Shares

काठमाडौं । कोकाकोला नेपालले विश्व खेलकुदको महाकुम्भ ‘फिफा वर्ल्ड कप २०२६’ लाई लक्षित गर्दै आफ्नो नयाँ अभियान औपचारिक रूपमा सुरु गरेको छ। राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बीच खेलकुद र मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरूको उपस्थितिमा यो अभियानको घोषणा गरिएको हो ।

यस वर्षको अभियानको मुख्य आकर्षणको रूपमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता प्रदीप खड्कालाई कोका–कोला नेपालको नयाँ ब्रान्ड एम्बासडरका रूपमा सार्वजनिक गरिएको छ । कोका–कोला परिवारमा जोडिन पाउँदा खुसी व्यक्त गर्दै खड्काले कम्पनीलाई धन्यवाद दिएका थिए ।

त्यसैगरी, अभियानको मुख्य अनुहारका रूपमा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू अन्जल विष्ट र अन्जन राना मगर तथा लोकप्रिय अभिनेत्री स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ । कार्यक्रममा उनीहरूले फुटबलले ल्याउने उत्साह र आफ्नो अनुभवबारे चर्चा गरेका थिए ।

कार्यक्रममा बोल्दै बोटलर्स नेपालका प्रबन्ध निर्देशक अजय कोनाले यस अभियानले नेपाली उपभोक्तालाई विश्वकपको माहोलसँग जोड्ने विश्वास व्यक्त गरे। उनले भने, ‘यो अभियान केवल फुटबलको उत्सव मात्र होइन, फिफाको विश्वव्यापी आकर्षणलाई नेपाली उपभोक्ताको जीवनसँग जोड्ने प्रयास पनि हो। विशेष प्याक र विभिन्न गतिविधिमार्फत हामी उपभोक्तालाई अविस्मरणीय अनुभव दिन चाहन्छौं ।’

अभियान अन्तर्गत कोका–कोलाले फिफा वर्ल्ड कप २०२६ थिममा आधारित नयाँ ‘लिमिटेड एडिसन’ प्याकेजिङ पनि सार्वजनिक गरेको छ । साथै, कार्यक्रममा कोका–कोलाको आधिकारिक गीत (एन्थेम), नयाँ टेलिभिजन विज्ञापन (टीभीसी) र अन्य प्रचार सामग्रीहरूको पनि प्रदर्शन गरिएको थियो ।

कोका–कोला र फिफाबीचको सहकार्य विश्व खेलकुदकै सबैभन्दा लामो साझेदारीमध्ये एक मानिन्छ । सन् १९७४ देखि सुरु भएको यो सम्बन्ध अन्तर्गत कोका–कोला सन् १९७८ देखि फिफा विश्वकपको आधिकारिक प्रायोजक रहँदै आएको छ । नेपालमा पनि विगत पाँच दशकदेखि सक्रिय रहेको यो ब्रान्डले यसपटक विश्वव्यापी फुटबल संस्कृतिलाई नेपाली दर्शकहरूको उत्साहसँग जोड्ने उद्देश्य राखेको छ ।