
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १ बजेपछि बस्ने गरि बैठक बोलाइएको हो । सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेकोमा आज आइतबारका लागि बैठक बोलाइएको हो ।
प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकारले पहिलो बैठकबाट १०० वटा कार्यसूची सार्वजनिक गरेको थियो । सरकारले अहिले आफ्ना कामकारबाही सोही कार्यसूचीअनुसार गरिरहेको बताएको छ ।










प्रतिक्रिया