बोलिभियामा विमान दुर्घटना, १५ जनाको मृत्यु, ३० घाइते

154
Shares

काडमाडौं । बोलिभियाको एल अल्टो सहरमा वायुसेनाको हर्कुलस विमान शनिबार बिहान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन्।

रोयटर्सअनुसार, खराब मौसममा अवतरण गरेपछि विमान धावनमार्गबाट ​​चिप्लिएर नजिकैको व्यस्त सडकमा पुगेको हो। जसका कारण विमान सडकमा पार्क गरिएका दशदेखि पन्ध्रसम्म सवारीसाधनमा ठोकिन पुग्यो।

विमानको भग्नावशेष, क्षतिग्रस्त कार र शवहरू सडकमा छरिएका थिए।

उक्त विमानले देशको केन्द्रीय बैंकबाट नयाँ नोट लिएर आएको थियो। दुर्घटनापछि विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ।