सुरक्षा नियमको उल्लङ्घनमा ‘एअर इन्डिया’ लाई जरिवाना, फिटनेस सर्टिफिकेट बिना ८ पटक गरेको थियो उडान

119
Shares

काठमाडौं । भारतको नागरिक उड्डयन नियामक डाइरेक्टरेट जनरल अफ सिभिल एविएसन (डीजीसीए) ले टाटा ग्रुप र सिङ्गापुर एयरलाइन्सद्वारा संयुक्त रूपमा सञ्चालित एअर इन्डियालाई विमान सुरक्षा नियम उल्लङ्घन गरेको अभियोेगमा १ करोड भारतीय रुपैयाँबराबरको जरिवाना लगाएको छ ।

यो कारबाही एयरबस ३२० निओ विमानलाई आवश्यक ‘एयरवर्थनेस रिभ्यु सर्टिफिकेट(आर्क) बिना आठवटा उडानहरूमा प्रयोग गरेको पाइएको तथ्यका आधारमा गरिएको हो ।

एअर इन्डियाले नवंबर २४ र २५, २०२५ मा उक्त विमानलाई बिजनेस तथा यात्री उडानका लागि प्रयोग गरेको थियो, जबकि यसको मान्य आर्क समयसीमा समाप्त भइसकेको थियो । आर्क एउटा वार्षिक निरीक्षणपछि मात्र जारी हुने प्रमाणपत्र हो , जसले विमानको मर्मत, सञ्चालन र सुरक्षा मापदण्डहरू पूरा भएको पुष्टि गर्दछ ।

त्यतिमात्र होइन, नियामकको गोप्य आदेशमा भनिएको छ कि यस किसिमको सुरक्षा उल्लङ्घनले जनताको विश्वासमा कमी ल्याएको छ र यसले सम्पूर्ण विमान उद्योगमा सुरक्षा सम्बन्धी चिन्तालाई बढाएको छ ।

कुनै नियामक प्रमाणपत्र बिना उडान भरियो — कारबाही र आरोप

डीजिसीएका वरिष्ठ अधिकारीहरूले जारी आदेशमा उल्लेख गरेका छन् कि उक्त ए ३२० विमान एयरवर्थनेस प्रमाणपत्र(आर्क) नवीकरण नगरी नै कम्तीमा आठ वटासम्म व्यावसायिक उडानहरूमा प्रयोग गरिएको थियो ।

नियामकले यो “गम्भीर सुरक्षा उल्लङ्घन”को रूपमा वर्णन गरेको छ र सम्बन्धित ईन्जिनियरिङ विभागका केही पदाधिकारीहरूलाई हटाउने निर्देशन समेत दिएको समाचार स्रोतले जनाएको छ ।

डीजिसीएका जोइन्ट डाइरेक्टर जनरल मनीष कुमारले एअर इन्डियाका सीइओे क्याम्पबेल विल्सनलाई लिखित आदेशमा भनिएको छ कि यो चूकले “सार्वजनिक विश्वास थप कमजोर बनाएको” समेत उल्लेख गरिएको छ ।

नियमअनुसार विमानलाई उडानका लागि पठाउनु अघि आर्कआवद्ध विमानले सबै मर्मत, निरीक्षण तथा सुरक्षा मानकहरू पूरा गरेको हुनुपर्छ । एअर इन्डियाले आर्क अवधि समाप्त भइसकेको विमानलाई उडानमा प्रयोग गर्दा यसले यात्रु सुरक्षा र प्रक्रिया दुवैमा गम्भीर खतरा ल्याएको डीजिसीए को निष्कर्ष छ ।

एअर इन्डियाको प्रतिक्रिया — सबै त्रुटिहरू सच्याइयो

एअर इन्डियाले डीजिसीएको आदेश प्राप्त भएको स्वीकार्दै एक आधिकारिक वक्तव्य जारी गरेको छ ।

एयरलाइनले भन्यो, “हामीले म्न्ऋब्को आदेश प्राप्त गरेका छौँ । यो घटना हामीले २०२५ मा नै नियामकलाई स्वेच्छाले रिपोर्ट गरेको मामला संग सम्बन्धित हो । हाम्रो आन्तरिक जाँचमा पत्ता लागेको सबै कमीहरू पहिचान गरी सुधार विधिहरू कार्यान्वयन गरिएको छ र त्यसको विस्तृत प्रतिवेदन नियामकलाई पेश गरिएको छ ।”

एअर इन्डियाले यो पनि जोड दिएको छ कि सुरक्षा मानक उल्लंघनलाई संगठित रूपमा अस्वीकार गर्छ र उडान सञ्चालनमा उच्चतम सुरक्षा मापदण्ड कायम राख्न प्रतिबद्ध रहेको बताएको छ ।

यो घटना सार्वजनिक रूपमा उजागर भएपछि एयरलाइनले भन्न थालेको छ कि सुधारका लागि आवश्यक सबै कदमहरू उठाइएका छन् र सबभन्दा माथिका प्रबन्धकहरू समेत आवश्यक समीक्षा तथा प्रशिक्षण प्रक्रियामा संलग्न गरिएको छ ।

यसअघि डीजिसीएले एअर इन्डियाप्रति धेरै पटक नियामक उल्लंघनका आरोपहरू लगाइसकेको छ । २०२४ र २०२५ मा पायलटहरूका प्रशिक्षण, चालक दलको समय तालिका, तथा आपतकालीन उपकरण निरीक्षणमा त्रुटि लगायतका घटनाहरूमा पनि नियामकले एयरलाइन्समाथि ध्यानाकर्षण गराएको थियो ।

विशेषगरी २०२५ को जूनमा अहमदाबादबाट लन्डन जाँदै गर्दा एआई १७१ उडान दुर्घटनामा परेर २६० भन्दा बढी मानिसहरूले जीवन गुमाएको दुर्घटनापछि एअर इन्डियाको सुरक्षा अभ्यास र नियमन पालनामा व्यापक जाँच बढाइएको छ ।

यो दुर्घटनापछि डिजीसीएले विमान सञ्चालनमा कडा नियमन, प्रशिक्षण, मर्मत निरीक्षण र अनुपालन प्रक्रियामा निकै कडा नजर राख्न थालेको थियो । यसै सन्दर्भमा आर्क बिना विमान उडाएको घटनाले नियामकलाई अझ सर्तक बनाएको विश्लेषकहरू बताउँछन् ।

एअर इन्डियामा जस्तो ठूलो एयरलाइनले सर्टिफिकेट नवीकरण नगरी विमान उडाएकाले विमान सुरक्षा र नियामक निकायमा ठूलो हल्लीखल्ली भएको छ । डिजिसीएका नियम अनुसार आर्क बिना विमानलाई व्यावसायिक उडानमा प्रयोग गर्नु गम्भीर अपराध मानिन्छ, जसले यात्रुको जीवनलाई जोखिममा पार्न सक्छ ।

यो जरिवाना मात्र आर्थिक दण्ड होइन, यसले नियामकको कडा दृष्टिकोण, सुरक्षा मापदण्डको पालना र संगठनात्मक जिम्मेवारीको प्राथमिकताको संकेत दिन्छ । साथै, सार्वजनिक विश्वास र विमानन प्रतिष्ठामा प्रभाव पार्ने जोखिमलाई पनि नियन्त्रण गर्न यस्तो कारबाही आवश्यक मानिएको छ ।