
झापा । झापाको कमल गाउँपालिका–२ स्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालयमा तोडफोड भएको छ ।
बुधबार मध्यराति अज्ञात समूहले कार्यालयको झ्यालका सिसा फुटाएको रास्वपाका नेता कार्यकर्ताको दाबी ।
आसन्न निर्वाचनलाई लक्षित गरी स्थानीय जयराम अधिकारीको घर भाडामा लिएर रास्वपाले झापा क्षेत्र नम्बर ५ का लागि सम्पर्क कार्यालय स्थापना गरेको थियो । घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।









प्रतिक्रिया