
काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् । सभापति गगनकुमार थापाले पौडेलले दिएको राजीनामा स्वीकृत गरेका छन् ।
मुख्य सचिव पौडेलले यही २०८२ माघ ८ गते आफ्नो पदबाट राजीनामा दिएका थिए ।
पार्टी केन्द्रीय कार्यालयद्वारा बुधबार जारी प्रेस विज्ञप्तिअनुसार, सभापति थापाले पौडेलको राजीनामा स्वीकृत गर्दै उनलाई विगतमा पुर्याएको योगदानका लागि धन्यवाद दिएका छन् ।
रिक्त रहेको मुख्य सचिवको पदमा अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई ‘कार्यवाहक मुख्य सचिव’को जिम्मेवारी तोकिएको छ।
सभापति थापाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २५ (१०), नियमावली २०७६ को नियम ४६ (ग) तथा कर्मचारी विनियमावली २०७९ को नियम १४ (क) बमोजिम दुलाललाई सो जिम्मेवारी प्रदान गरेको विज्ञप्तिमा जनाइएको छ ।










प्रतिक्रिया