
काठमाडौं । नेकपा एमालेका पूर्व संविधानसभा सदस्य तथा पूर्व मन्त्री जितेन्द्र देवले पार्टी परित्याग गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत विज्ञप्ती जारी गर्दै देवले कुशासन, भ्रष्टाचार, लुटतन्त्र, बेरोजगारी र युवाको बिदेश पलायनको बिरुद्धमा भएको जेनजी बिद्रोहपछि नेकपा(एमाले) पार्टी र केन्द्रीय नेता सच्चिनुको साटो बिदेशी षडयन्त्रको रुपमा हेरेको, पार्टीलाई व्यक्तिवाद र देवत्वकरण गरेर स्वेच्छाचारी र विभेदकारी तरिकाले सञ्चालन गरेको आरोप लगाउँदै आफू उक्त पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
लामो समय एमालेको राजनीति गरेका देव विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरी संविधानसभा सदस्य भएका थिए ।
फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि कांग्रेसबाट राष्ट्रियसभा सदस्य भएका देव
२० फागुन २०८० मा राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएको चार महिनापछि एमालेमै फर्किएका थिए ।








प्रतिक्रिया