
एजेन्सी । भारतले आर्थिक वर्ष २०२६/२७ को बजेटमा नेपालका लागि ८०० करोड (८ अर्ब) भारु अनुदान विनियोजन गरेको छ ।
आइतबार वार्षिक बजेट प्रस्तुत गर्दै भारतकी अर्थमन्त्री निर्मला सीतारमणले उक्त अनुदानको घोषणा गरेकी हुन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यो १ अर्ब बढी हो ।
भारतले नेपाललाई निरन्तर रूपमा आर्थिक सहायता प्रदान गर्दै आएको छ जुन विनियोजन करिब १३ अर्ब नेपाली रुपैयाँ बराबर हुन्छ ।
भारतको आर्थिक सहायता प्राप्त गर्ने देशहरूमध्ये भुटान सबैभन्दा ठूलो राष्ट्रका रूपमा कायमै छ । सीतारमणको घोषणा अनुसार, भुटानले यस वर्ष २२ सय ८८ करोड भारु अनुदान प्राप्त गर्नेछ ।










प्रतिक्रिया