भारतमा बजेट भाषणपछि सेयर बजारमा पहिरो, १६ सय अंकले घट्यो सेन्सेक्स


एजेन्सी । भारतमा नयाँ आर्थिक वर्षको बजेट घोषणापछि सेयर बजारमा हाहाकार मच्चिएको छ ।

अर्थमन्त्री निर्मला सीतारमणले बजेट भाषण गरेलगत्तै सेयर बजारमा १६ सय अंकभन्दा बढीको गिरावट आएको छ ।

त्यहाँको सेयर बजार घटेर ८० हजार ८०४ अंकमा पुगेको छ ।

सेयर बजारमा सीतारमणको बजेट भाषणको नकारात्मक असर परेको छ ।

Skip This