सुनको मूल्य बढ्यो, कति पुग्यो ?


काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ७७ हजार ८०० रुपैयाँ कायम भएको छ । शुक्रबार भने सुनको मूल्य तोलाको २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तोलामा सुनको मूल्य ६ रुपैयाँले बढेको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदी तोलाको ५ हजार ६२५ रुपैयाँ तोकिएको छ ।

शुक्रबार भन चाँदीको मूल्य ५ हजार ६४५ मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीको मूल्यमा आएको उतारचढावको प्रभावले नेपालमा पनि सुन चाँदीको मूल्यमा उतारचढाव आउने गरेको छ ।