
काठमाडौं । प्राथमिक सेयर निष्काशन (आईपीओ) ल्याउने तयारीमा रहेको एसियन होटेलले एकै वर्ष साढे १० करोड रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १० करोड ४० लाख रुपैयाँको कारोबार गरेको हो ।
सन् २०२४ मा ७ करोड ४० लाख रुपैयाँको कारोबार गरेको होटेलले सन् २०२३ मा ६ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०१५ मा स्थापना भएको कम्पनी सन् २०२५ को जुलाईमा पब्लिक कम्पनीको रुपमा परिणत गरेको थियो ।
कम्पनीको कारोबार गत आवमा १७ प्रतिशतले बढेको छ । कम्पनीले गत आवमा ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीले भैरहवामा चारतारे होटेल सञ्चालन गर्दै आएको छ । होटेल ४२ हजार ६ सय ३६ स्क्वारफिट क्षेत्रफलमा फैलिएको छ । जसमा ६६ वटा कोठाको सुविधा छ ।
कम्पनीले सन् २०२२ देखि होटेल सञ्चालनमा ल्याएको थियो । कम्पनीले सुरुमा १६ वटा कोठाको सुविधाका साथ होटेल सञ्चालनमा ल्याएको थियो । कम्पनीले गत आवदेखि भने पूर्ण क्षमता अर्थात् ६६ वटा कोठाको सुविधासहित सञ्चालनमा ल्याएको थियो ।
कम्पनीअनुसार सन् २०२३ मा होटेलको अकुपेन्सी ३७ प्रतिशत रहेको जनाएको छ । सन् २०२४ मा ५३ प्रतिशत थियो ।
पारस अधिकारी र सन्तोष चौधरीको १४/१४ प्रतिशत स्वामित्व रहेको कम्पनीमा अधिकारी अध्यक्ष छन् ।








प्रतिक्रिया