
काठमाडौं । नेपाली बजारमा बुधबार(आज) पनि सुन र चाँदीको मूल्यले रेकर्ड राखेको छ । केही दिनयता लगातार उच्च मूल्यको रेकर्ड राख्दै आउको सुनको मूल्य आज प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य तोलाको २ लाख ७८ हजार रुपैयाँ तोकिएको छ। मंगलबार सुनको मूल्य तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३१५ रुपैयाँले बढेको हो । आजका लागि चाँदी प्रतितोला ५ हजार ६५५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलाको ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।
अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमण, इरानमा भइरहेको प्रदर्शन, रुस-युक्रेन युद्ध लगायतका कारणले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको र त्यसको प्रभाव नेपाली बजारमा देखिएको सुन चाँदी व्यवसायीले बताएका छन् ।








प्रतिक्रिया