भेनेजुएलाका तत्कालै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठक बोलाउन गर्यो आह्वान


एजेन्सी । भेनेजुएलाले तत्कालै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बोलाउनका लागि आह्वान गरेको छ । शनिबार अमेरिकाले आक्रमण गरेपछि भेनेजुएलाले यस्तो आह्वान गरेको हो ।

भेनेजुएलाका विदेशमन्त्री यिभान गिल पिन्टोले राष्ट्रसंघलाई पत्र पठाउँदै सुरक्षा परिषद् बैठकको आह्वान गरेका हुन् ।

भेनेजुएलाली जनताको सामु कुनै पनि कायर आक्रमण हावी हुँदैन र जनता नै विजयी हुन्छन्, उनले टेलिग्राममा लेखे ।