
एजेन्सी । भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले देशभरि सैन्यबल परिचालन गरिएको घोषणा गरेका छन् ।
अमेरिकाले शनिबार भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर अर्को देश लगेपछि रक्षामन्त्री लोपेजको घोषणा आएको हो ।
लोपेजले भिडियोमार्फत देशवासीलाई सम्बोधन गर्दै भेनेजुएलाले अहिलेसम्मकै सबभन्दा खराब आक्रमण बेहोरेको अवस्थामा प्रतिरोधका लागि एकीकृत मोर्चा बनाएको बताए । राष्ट्रपति मदुरोको आदेशमा सैन्यबल परिचालन गरिएको जानकारी उनले दिए ।
उनीहरूले हामीमाथि आक्रमण गरे तर हामीलाई झुकाउन सक्दैनन्, रक्षामन्त्रीले बताए ।








प्रतिक्रिया