भेनेजुएलाका राष्ट्रपति मदुरो जीवित रहेको प्रमाण दिन उपराष्ट्रपतिले गरिन् आग्रह


एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकाले पक्राउ गरेर अज्ञात स्थलतर्फ लगेपछि उनको स्थिति अज्ञात छ ।

उनी र उनकी पत्नी सिलिया फ्लोरेसको स्थितिको बारेमा आफूहरूलाई कुनै जानकारी नरहेको उपराष्ट्रपति डेल्सी रोड्रिगेजले बताएकी छन् ।

भेनेजुएला सरकारले मदुरो र उनकी पत्नीको जीवनको प्रमाण तत्काल उपलब्ध गराउन अमेरिका सरकारलाई आग्रह गरेकी छन् ।

यसअघि अमेरिकाले भेनेजुएलाका विभिन्न स्थानमा शनिबार आक्रमण गरेको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले मदुरो र उनकी पत्नीलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएर देशबाहिर लगेको जानकारी दिएका छन् ।