
एजेन्सी । अमेरिकाले शनिबार भेनेजुएलामाथि आक्रमण गरेर त्यहाँका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई पक्राउ गरी अर्को देशतर्फ लगेको छ ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ट्रुथ सोसल सामाजिक सञ्जालमा यसको दाबी गरेका हुन् ।भेनेजुएला सरकारले यसको पुष्टि गरेको छैन ।
मदुरोले अन्तर्राष्ट्रिय लागूऔषध तस्करी समूहको नेतृत्व गर्दै आएको आरोप अमेरिकाले लामो समयदेखि लगाएको छ । मदुरोले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।
ट्रम्पले मदुरो कसरी पक्राउ परे र उनलाई कहाँ लगिएको भनी विस्तृत विवरण दिएका छैनन् ।
मदुरोको पक्राउका लागि सूचना दिने व्यक्तिलाई ५ करोड डलरको इनामको घोषणा समेत अमेरिकाले गरेको थियो ।
विगत केही महिनायता भेनेजुएला नजिकको क्यारिबियाली क्षेत्रमा अमेरिकाले आफ्ना सैनिक र हातहतियार तैनाथी बढाएको छ । भेनेजुएलामा मदुरोका विरोधीहरूलाई सत्तामा ल्याउनका लागि अमेरिकाले प्रयास गरेको बताइएको छ ।







प्रतिक्रिया