
काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा यति होल्डिङ्सअन्तर्गतको थामसेर्कु ट्रेकिङ प्रालि र त्यससँग सम्बन्धित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार मुद्दा दायर गरेको छ ।
भदौ २३/२४ को जेनजी आन्दोलन पछि गठन भएको सरकारलाई ‘राष्ट्रवादी जेनजी’छानबिन गरी कारबाहीको माग गर्दै निवेदन दिएका थिए ।
त्यसपछि गृहमन्त्रालयले केन्द्रीय अनुसन्धान ब्यूरोलाई आवश्यक छानबिनका लागि लेखि पठाएको थियो ।
‘तत्कालीन राजनीतिक प्रशासनिक पदाधिकारी संलग्नताको पूर्ण छानबिन गरीपाउँ भन्ने समेत व्यहोराको गृहमन्त्रीलाई सम्बोधन गरी भ्रष्टाचार राज्य दोहन र राजनीतिक आडमा भएको संगठित रुपमा गरिेको आपराधिक विश्वासघात सम्बन्धी कार्यायको छानबिन र कारबाही गरीपाउँ भन्ने विषयमा दिएको निवेदन नेपाल सरकार गृह मन्त्रालय प्रहरी कर्मचारी प्रशासन शाखा सिंहदरबार काठमाडौंको २०८२/६/२० गतेको पत्र, ‘ अदालतमा दायर भएको अभियोगपत्रमा भनिएको छ, ‘नेपाल ट्रष्टको नामा रहेको जग्गा कानुन विपरित लिज/सम्झौता गरी व्यक्ति विशेषले लाभ लिएको हुँदा संलग्न व्यक्तिहरूको सञ्जाल पत्ता लगाइ कानुन बमोजिम ठगी आपराधिक विश्वासघात सम्बन्धी कसूरमा कारबाही गरिपाउँ भन्ने समेत व्यहोराको राष्ट्रवादी जेनजीले दिएको निवेदनका आधारमा आवश्यक कारबाहीको लागि लेखी पठाएको भन्ने प्रधानमन्त्री कार्यालयको ७/११ को पत्र…।’








प्रतिक्रिया