अस्ट्रेलियाका क्यामरन ग्रीन बने आईपीएलका सर्वाधिक महँगा विदेशी खेलाडी, २५ करोडमा बिक्री


एजेन्सी । अस्ट्रेलियाका क्रिकेट खेलाडी इन्डियन प्रिमियर लीगका सर्वाधिक महँगा खेलाडी बनेका छन् ।

मंगलबार भएको अक्सनमा कोलकाता नाइट राइडर्स (केकेआर) ले ग्रीनलाई २५.२० करोड भारु तिरेर भित्र्याउने भएको हो ।

यससँगै ग्रीन सबै किसिमका फ्रेन्चाइजी प्रतियोगिताका सर्वाधिक महँगा विदेशी खेलाडीको कीर्तिमान कायम गर्न सफल भएका छन् ।

सन् २०२४ मा अस्ट्रेलियाकै मिचेल स्टार्क २४.७५ करोड भारुका सर्वाधिक महँगा विदेशी खेलाडी बनेका थिए । केकेआरले नै उनलाई किनेको थियो ।

सन् २०२३ मा भएको क्रिकेट विश्वकपको विजेता टोलीका सदस्य रहेका अलराउन्डर खेलाडी ग्रीन दायाँ हाते ब्याट्सम्यान र दायाँ हाते मिडियम पेस बलर हुन् । सन् २०२२ मा पाकिस्तानविरुद्ध टी२० इन्टरनेशनलमा डेब्यू गरेका ग्रीनले उक्त फर्म्याटमा ५२१ रन बनाएका छन् र १२ विकेट पनि हात पारेका छन् ।