ज्योति विकासका कर्मचारीमाथि कालोमोसो दल्ने २ जना पक्राउ


काठमाडौं । सप्तरीमा ज्योति विकासका कर्मचारीमाथि कालोमोसो दल्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५१ वर्षीय सञ्जीव चौधरी र उमाकान्त चौधरी रहेका छन् ।

उनीहरूले बैंकका कर्मचारीलाई ऋणको विषयमा कुराकानी गर्न जाँदा उनीहरूले कालोमोसो र जुताको माला लगाएर अभद्र व्यवहार गरेका थिए ।

मंसिर २५ गते सप्तरीको रुपनी शाखाका कर्मचारी सप्तकोशी नगरपालिका–७ स्थित ‘सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म’ मा पुगेका बैंकका दुई कर्मचारीमाथि जुत्ताको माला लगाएर दुर्व्यवहार गर्नेदेखि गाली गलौजसहित कालोमोसो दलेको तथा हातपात भएको थियो ।