नेपाल विद्युतीय व्यवसायी महासंघमा नयाँ कार्यसमिति निर्वाचित

70
Shares

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले दिलिपकुमार अग्रवालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

देशभर रहेका विद्युतीय व्यवसायीहरूको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासंघको शनिबार सम्पन्न सोह्रौ वार्षिक साधारण सभा तथा छैठौं महाधिवेशनले अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको कार्यकाल आगामि तीन वर्षको लागि हुनेछ ।

महासंघका अनुसार नयाँ कार्यसमितिको प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, तृतिय उपाध्यक्ष, महासचिब, कोषाध्यक्ष, सचिब, सह कोषाध्यक्षमा क्रमशः गोपाल अग्रवाल, लेखनाथ सापकोटा, प्रकाशचन्द्र पाण्डे, शंकर देवकोटा, राजेश गौतम, लोकनाथ पोखरेल र शंकरप्रसाद पोख्रेल चयन भएका छन्

यस्तै कार्यसमिति सदस्यहरुमा ओमप्रसाद चालिसे, सरोजकुमार रेग्मी, कृष्णप्रसाद कुइँकेल, राजेन्द्र पौड्याल, प्रभाकर पुरी, सुजन अधिकारी र डोलराम न्योपाने चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्य कोशीबाट चन्द्रमणि देवकोटा, मधेश प्रदेशबाट प्रेमकुमार ठाकुर, बागमतीबाट दिबेशकुमार जैन र लुम्बिनीबाट दिपक पौडेल चयन भएका छन् ।