
काठमाडौं । नेकपा (एमाले) का पूर्वसांसद समेत रहेका व्यवसायी देवीप्रकाश भट्टचन हिरासतबाट छुटेका छन् । प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिनाको आरोपमा उनलाई पक्राउ गरिएकामा सोमबार उनी छुटेका हुन् ।
अदालतले थुनामा राख्न म्याद नदिएपछि उनलाई बाहिरै राखेर अनुसन्धान अघि बढाइने भएको हो । स्वास्थ्यको कारण देखाउँदै हिरासतमा नराखी अनुसन्धान गर्नु भन्ने आदेशपछि भट्टचनलाई थुनामुक्त गरिएको हो ।
भट्टचनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले कात्तिक ११ गते ललितपुरबाट पक्राउ गरेको थियो । ठगी तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत कसुरमा भट्टचन पक्राउ परेका थिए ।
प्रभु ग्रुपका अध्यक्षसमेत रहेका भट्टचनलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
ठाकुर प्रसाद मानन्धर समेतको जाहेरीमा उनी पक्राउ परेका थिए ।








प्रतिक्रिया