स्वास्थ्यकर्मीलाई चुनावमा नखटाउन स्वास्थ्य मन्त्रालयको आग्रह

0
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्वाचनमा स्वास्थ्यकर्मीलाई नखटाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले निर्वाचनको समयमा सम्भावित दुर्घटनालाई ध्यान दिएर स्वास्थ्यकर्मी नखटाउन आग्रह गरिएको बताए।

उनले भने, ‘निर्वाचनको समयमा हुनसक्ने दुर्घटना र अन्य आकस्मिक घटनाको जोखिमलाई हेरेर स्वास्थ्यकर्मी चौबिसै घण्टा तयारी अवस्थामा रहनुपर्ने हुन्छ। त्यसैले हामीले आयोगसमक्ष स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह गरेका छौँ।’

मन्त्रालयले निर्वाचनको समयमा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहनसमेत आग्रह गरेको छ।