
काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उनका समर्थकहरूविरुद्ध लड्न आफू सुकुम्बासी बस्तीका बासिन्दासँगै उभिने बताएका छन् ।
अनधिकृत संरचना हटाउन काठमाडौं महानगरले दिएको समयसीमा सकिएको दिन प्रसाईंले सुकुम्बारी बस्ती नहटाउन चेतावनी दिए ।
आइतबार बिहान मनोहराको सुकुम्बासी बस्तीमा आयोजित कोणसभामा बोल्दै प्रसाईंले सुकुम्बासी बस्ती भत्काउने काठमाडौं महानगरका प्रयासलाई सफल हुन नदिने र बासिन्दाको पक्षमा आफू सक्रिय रहने बताए ।
सुकुम्बासी बस्तीमा महानगरको डोजर आउनुभन्दा पहिले बालेनको घरमा पुगेर श्रीमती र परिवारलाई बाहिर निकाल्न प्रसाईंले सुकुम्बासीलाई उक्साए ।
‘घर जलाउन र मान्छे निकाल्न उनीहरुले सिकाएका हुन् । तपाईंहरुकोमा भत्काउन आयो भने तपाईंहरु हुरुरु उसको घरतिर जानुस् । श्रीमतीलाई बाहिर निकाल्नुस् । तपाईंहरुको बच्चालाई निकाल्छ भने उसको बच्चामात्रै बच्चा हो ? उसको पनि भत्काउने हो । यो सरकारी जमिन बालेनको बाउको होइन र राजु पाण्डेको बाउको पनि होइन । जसले लछारपछार गर्छ उसको स्वास्नीलाई पनि लछारपछार गर्नुस्,’ प्रसाईंले भने ।
प्रसाईंले बालेनसँग मिलेर भिक्टर पौडेलले बब्लु गुप्तालाई मन्त्री बनाइदिने भन्दै दुई करोड रुपैयाँ लिएको दाबी गरे ।
प्रसाईंले पार्टी/नेताहरूले सुकुम्बासीहरूलाई ‘भोट बैंक’ मात्र बनाएको बताए र आफू भोट न माग्ने तर सबैलाई पक्की घर दिलाउन सहयोग गर्ने आश्वासन दिए ।










प्रतिक्रिया