पर्सा-१ का कांग्रेस उमेदवार रूंगटा भन्छन् : वीरगञ्जको औद्योगिक क्षेत्रमा एक खर्बको लगानी भित्राउँछौ

77
Shares


काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधि सभाको निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर १ बाट उम्मेदवार अनिल रुंगटाले वीरगञ्जको औद्योगिक क्षेत्रमा एक खर्बको लगानी भित्राउने योजना रहेको बताएका छन् । फागुन २१ गते हुन गइरहेको निर्वाचन पर्सा १ बाट उमेदवार रहेका उद्योगी रुंगटाले आफू निर्वाचित भए नेपालको वर्तमान औद्योगिक नीति परिवर्तन गर्न लागि पर्ने बताए ।

‘मेरो केही योजना छन् । केही आफ्ना कुराहरू पनि छन् । अहिले सबैभन्दा ठूलो समस्या हाम्रो औद्योगिक नीतिमा छ । अहिलेको आर्थिक नीति औद्योगिक मैत्री छैन । नीतिमा परिवर्तन गर्न सक्यौँ भने अर्थतन्त्र चलायमान पनि हुन्छ,’ रुंगटाले भने, ‘उद्योगमा लगानी पनि हुन्छ । रोजगारीको अवस्था पनि बढ्छ । मेरो कार्यकालमा एक खर्बको लगानी वीरगञ्जमा उद्योगको क्षेत्रमा गराउने मेरो योजना छ ।’

औद्योगिक नीति परिवर्तन गर्न सकिए देशभित्र हजारौंले रोजगारी पाउने अवस्था बन्ने र देशको उत्पादनको निर्यात पनि बढ्ने उनले बताए । औद्योगिक नीतिमा सुधार गर्दा सकेमा अर्थतन्त्र रमात्रै राम्रो नभई निर्यातमा पनि बलियो बन्दै जाने उनले बताए । उनले आफू निर्वाचित भएपछि गर्ने पहिलो काम नै औद्योगिक नीतमिा सुधार गर्दै लगानी बढाउने र रोजगारी सिर्जनाको लागि भुमीका खेल्ने बताए । ‘औद्योगिक मैत्री आर्थिक नीति लिएर आयौँ भने यहाँ उत्पादन गरेका वस्तुलाई निर्यात गर्न सकिन्छ। त्यो अवस्थामा यहाँका भएका उद्योगहरु पनि राम्रोसँग चल्छन् र थप लगानी पनि बढ्छ’, रुंगटाले भने ।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा संविधान सभा सदस्यसमेत रहेका रुंगटाले जेन–जी आन्दोलनपछि नेपाली जनताले देशमा परिवर्तन चाहेको र त्यो परिवर्तन कांग्रेसले शुरूआत गरिसकेको दाबी गरे। ‘जेन–जी आन्दोलनपछि नेपाली जनताले देशमा परिवर्तन चाहेका छन्, रुपान्तरण खोजेका छन्, सुशासन खोजेका छन्, त्यो परिवर्तनका लागि कांग्रेसले आफैंबाट शुरूआत गरिसकेको छ, कांग्रेसले नेतृत्व परिवर्तन गर्दै अब देश परिवर्तन गर्ने उद्घोष गरेर हिँडेको छ,’ उनले भने ।

उनले वीरगञ्ज पहिलेको आर्थिक वैभव भएको, सामाजिक र राजनीतिक वैभवको सहर रहेको तर आज कहीँ न कहीं यी कुराहरू लोप हुादै गएको उनले बताए । वीरगञ्जका जनताले परिवर्तन, विकास र सद्भाव चाहेको भन्दै उनले पछिल्लो समयमा जनप्रतिनिधिहरुमा त्यो भावना नदेखिएको उनको भनाइ छ।
उनले नेपाली कांग्रेसले प्रतिज्ञा पत्रमा १० ओटा विषयलाई प्राथमिकता दिएको बताउँदै वीरगञ्जका जनताले पनि सुशासन खोजिरहेको र बेरोजगारीको अवस्थाले जनता आजित रहेको बताए ।

‘वीरगञ्ज आर्थिक सहर भएकाले अर्थतन्त्र चलायमानमा कमी हुन दिन हुँदैन । वीरगञ्जका जनताले अर्थतन्त्रमा चलायमानता खोजेका छन्,’ उनले भने, ‘आर्थिक गतिविधिसँगै विकास पनि जनताको चाहना हो। तर मुख्य कुरा सुशासन, बेरोजगारी समस्याको समाधान र आर्थिक चलायमानताको अवस्था हो । यससँगै विकास पनि हुन्छ।’
शिक्षा, स्वास्थ्य, खानेपानी, नाला जस्ता विरगंजेको समस्या रहेको भन्दै त्यसमा केन्द्रित भएर काम गर्नै पर्ने उनले बताए । रुंगटाले वीरगञ्जमा खानेपानीको समस्याको समाधान दीर्घकालीन रूपमा नै गर्नु पर्नेमा पनि आफूले जोड दिएको सुनाए । ‘हरेक वर्ष बोरिङ खनेर समाधान हुँदैन । ठोस योजना लिएर यो समस्याको अन्त्य गर्नु पर्नेछ । त्यसका लागि म योजनासहित अघि बढेको छु,’ उनले भने, ‘पछिल्लो समय हैजाको कुरा आयो, गलत ठाउँमा बोरिङ हुँदा हैजा फैलिएको हो । त्यस्तो दुर्घटना अब नहोस् भनेर म आफ्नो भूमिका निभाउँछु । हामीले हाम्रा भौतिक संरचनाको निर्माणकार्यमा पनि सुधार गर्नुपर्ने छ। कंक्रिटको प्रयोगलाई कम गरेर अन्य उपाय अपनाएर काम गर्दा पनि खानेपानीको समस्यालाई समाधान गर्न सकिन्छ ।’
उनले देशमा भ्रष्टाचारको अन्त्य र रोजगारी सिर्जना गर्दै सुशासन प्रतिको जनताको आवाजका लागि विशेष महाधिवेशन पश्चात् कांग्रेस आफू बदलिएर, देश बदल्ने प्रतिज्ञा गरेर आएको जनताले अब विश्वास गर्नु पर्ने बताए ।