साइबर ब्युरो पुगेर युवा संघले दियो बालेनविरूद्ध जाहेरी

70
Shares

काठमाडौं । नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध उजुरी दिएको छ ।

युवा संघका नेताहरू बिहीबार साइबर ब्युरो पुगेका थिए र मेयर शाहविरुद्ध सामाजिक सञ्जालमा लेखिएको स्टाटसलाई लिएर उजुरी दिएका हुन् ।

युवा संघले मेयर शाहले आफ्नो स्टाटसमा प्रयोग गरेको आपत्तिजनक शब्दले राजनीतिक दलहरूको मानमर्दन गरेको दावी गर्दै उजुरी दिएको छ । मेयर शाहले यही १६ कात्तिकको मध्यराति उक्त स्टाटस लेखेका थिए र केही समयपछि पेजबाट हटाएका थिए।

साइबर ब्युरोले उजुरी परेको विषयबारे बुझिरहेको जनाएको छ ।