
काठमाडौं । नेकपा (माओवादी केन्द्र) सँग अलगिएका नेता जनार्दन शर्माले ‘प्रगतिशील अभियान नेपाल’ नामक अभियान घोषणा गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यस अभियानको उद्देश्य पारदर्शिता अपनाउने र उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग तथा समुदायका समस्याप्रति प्रतिबद्ध रहनु भएको बताए। उनले वर्तमान राजनीतिलाई व्यापारको रूपमा हेरिने प्रवृत्तिप्रति पनि आलोचना गरे ।
पत्रकार सम्मेलनमा शर्मा सँगै माओवादी नेता राम कार्की र अन्जना विश्वंखे उपस्थित थिए । उनले माओवादी, नेकपा (एकीकृत समाजवादी) लगायत आठ दल/समूहबीच भएको पार्टी एकताको सहमति प्रति असहमति व्यक्त गर्दै आफू त्यस एकतामा सहभागी नहुने स्पष्ट पारेका छन् ।







प्रतिक्रिया