पुस १६ देखि १९ सम्म नियमित महाधिवेशन गर्ने गगनको प्रस्ताव पेस

0
Shares

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको प्रस्ताव राखेका छन् ।

मंगलबार पार्टी बैठकमा पुस १६ र १७ गते पार्टीको केन्द्रीय महाधिवेशन आयोजना गर्ने प्रस्ताव राखेका छन्। उनले बैठकले निर्णय नगरेमा विशेष महाधिवेशनमा जाने बाध्यता रहेको धारणा राखेका छन् ।

नेपाली कांग्रेसको संस्थापन पक्षको भेलाले भने १५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने प्रस्ताव गरेको छ।

संस्थापन इतरका नेताहरूले भने प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित नत्र भने विशेष महाधिवेशन बोलाउनुपर्ने माग राख्दै आएका छन् ।