राजन विक्रम थापा राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा

1.2k
Shares

काठमाडौं । राजन विक्रम थापा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएका छन् । तत्कालीन कार्यकारी निर्देशक डा. गुणाकर भट्ट अधिकृत विशिष्टमा ७ वर्ष सेवा अवधि पुरा गरी अनिवार्य अवकाशमा गएपछि रिक्त रहेको कार्यकारी निर्देशक पदमा थापाको बढुवा भएको हो ।

बैंकमा प्रशासन सेवातर्फ रिक्त रहेको कार्यकारी निर्देशक नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन समेत) को विनियम ५२ बमोजिम सम्भाव्य भएका निर्देशक (अधिकृत प्रथम) पदमा कार्यरत अधिकृतहरुमध्येबाट सोही विनियमावलीको विनियम ६५ को उपविनियम (२) अनुसार निर्देशक (अधिकृत प्रथम) थापालाई कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पदमा बढुवा गर्ने निर्णय भएको बताइएको छ । थापाले गभर्नर कार्यालयको कार्यकारी निर्देशकको रुपमा काम गर्नेछन् ।