आज २७ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो ?

476
Shares

काठमाडौं । शुक्रबार(आज) नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ३९ हजार रुपैयाँ पुगेको छ । बिहीबार सुनको मूल्य तोलाको २ लाख ३६ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ९८० रुपैयाँमा रहेको चाँदी आज ८० रुपैयाँले बढेर ३ हजार ६० रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।