ओली-लेखक पक्राउप्रति नेबिसंघको टिप्पणी : बालेन ‘राजा महेन्द्र’ बन्न खोज्दैछन्

413
Shares

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री बालेन्द्र शाह ‘राजा महेन्द्र’ बन्न खोजको टिप्पणी गरेका छन्।

पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ परेपछि नेबिसंघका अध्यक्ष दुजाङ शेर्पाले यस्तो टिप्पणी गरेका छन् ।

शेर्पाले प्रधानमन्त्री बालेनलाई ‘राजा महेन्द्र’ बन्ने सपना नदेख्न चेतावनी दिएका हुन्।

उनले एमाले अध्यक्ष समेत रहेको ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ बन्ने सपना देख्दा देशले ठुलो मूल्य चुकाउनुपरेको समेत बताएका छन्।

उनले भनेका छन्, ‘ओलीज्यूले सी जिनपिङ बन्ने सपना देख्दा देशले मूल्य तिर्दै–तिर्दै थाकिसक्यो । आशा बोक्ने काँधहरू भारी भइसके। अब बालेन्द्र शाहज्यू ‘राजा महेन्द्र’ बन्ने सपना नदेख्नुस्।’

उनले भदौ २३ र २४ को घटना एउटै सिक्काका दुई पाटा भएको जिकिर गर्दै एउटा पाटो नबिर्सिन आग्रह गरेका छन्।

उनले थपेका छन्, ‘यो देश अब ’महेन्द्र पथको तपाईँको सपनाको भारी बोक्न सक्दैन । भदौ २३ मा र २४ एउटै सिक्काका दुई पाटा हुन् । एउटा पाटो नबिर्सिइयोस् । ओलीको सपनाको मूल्य देशले तिर्नुपर्‍यो बालेनको कथित ’नायकी सपनाले देश अभिसप्त नबनोस् । देश ’महेन्द्र होइन यति बेला बिपी पथ खोजिरहेको छ ।’